पराजयको बाबजुद बार्सिलोनालाई ला लिगाको च्याम्पियनको उपाधि
काठमाडौं। चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोनाले उपाधि उचालेको छ। शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १-२ गोलको नतिजामा पराजित भए पनि अंक तालिकाको आधारमा बार्सिलोनाले उपाधी उचालेको हो।
घरेलु मैदानमा शनिवार राति भएको खेलमा बासिलोना रियल सोसिडाडसँग २-१ ले पराजित भएपछि उसका समर्थकले एकलौटी बिजयको उल्लास भने मनाउन पाएनन्। यद्धपी, उसले उपाधीमा बाजी मारेर आफनो जीतमा भने सेलिब्रेसन गरेको छ।
खेल सुरु भएको ५ र्औं पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै पाहुना टिम सोसिडाडले अग्रता लिन सुरु गरेको थियो। र, पहिलो हाफ १-० मा नै टुंगियो।
घरेलु टिम बार्सिलोना माथि दबाब बढाएको सोसिडाडका लागि ७२ औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे पछि बार्सिलोना थप दबाबमा पर्न गयो।
तर, निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पछि बार्सिलोनाले गोलरहित पराजय भने भोग्नु परेन। अन्ततः खेल २-१ मा टुंगिदै बार्सिलानाले उपाधि जीतमा सेलिब्रेसन गर्ने राहात पायो।
तर, बार्सिलोना ८५ अंक जोडेर ला लिगाको च्याम्पियन बन्न सफल हुन पुग्याे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment