बागमती सरकार विस्तार, ३ बजे शपथ

डिसी नेपाल
७ जेठ २०८० १४:३४
96
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेसबाट ४ र एकीकृत समाजवादीका दुई जनालाई सरकारमा सहभागी गराएका छन् ।

कांग्रेसकी मसिना भण्डारी बन तथा वातावरण,उत्तम जोशी स्वास्थ्य, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री बनेका छन् ।

यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम रोजगार तथा सामाजिक विकास र राजेन्द्रमान श्रेष्ठ कृषि पशुपंक्षी विकास मन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ३ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ दिलाउने कार्यक्रम तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.