प्रचण्ड सरकारले पायो पूर्णता, जसपाबाट दुई मन्त्री नियुक्त
काठमाडौं। जनता समाजवादी पार्टी नेपालकातर्फबाट दुई जना मन्त्रीमा नियुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका वीरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई मन्त्रीमा नियुक्त गरेका हुन्।
जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।
राष्ट्रपति कार्यालय, शितल निवासका अनुसार महताेले वन तथा बातवरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने प्रमिलाकुमारीले शिक्षा, विज्ञान तथा प्रवृधि राज्य मन्त्रीको जिम्मेवारी पाएकी छिन्। दुई जनालाई मन्त्री नियुक्ती गरेसँगै प्रचण्ड सरकारले पूर्णता पाएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment