शहिद स्मारक लिगः आज तीन खेल हुँदै
काठमाडौं। शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार २१ औं राउन्डका खेल हुन लागेका हुन्।
जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछ भने च्यासल मैदान, ललितपुरमा एउटा खेल हुनेछ। च्यासल मैदानमा हुने एक मात्र खेलमा एपिएफ फुटबल क्लब र संकटा क्लब बिच प्रतिस्पर्धा हुनेछ। जुन खेल ३ बजेवाट सुरु हुनेछ।
उता, दशरथ रंगशालामा २ बजेवाट सुरु हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम बीचमा प्रतिस्पर्धा हुनेछ। रंगशालामा हुने दोस्रो खेल साँझ ६ बजेवाट सुरु हुनेछ, जुन खेलमा जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment