काभा महिला भलिबल : भारतलाई पराजय गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रदै

डिसी नेपाल
१० जेठ २०८० ९:१३

काठमाडौँ। काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ।

अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट हुने खेलमा समुह बिजेताका लागि पुरै मेहनत गर्नेछ।

यसअघि सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए। जुन खेलमा पहिलो दुई सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाए सँगै रजत पदकमा सीमित हुन परेकाे थियाे। अहिले पुनः नेपाल भारतसँग भिड्नका लागि तयारी अवस्थामा रहेको हो।

समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरेका टोली हो। त्यसैले यी दुई टोली तेस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा आज एक आपसमा प्रतिस्पर्धामा देखिने छन्।

आजै हुने समूह बीको अर्को खेलमा काजकिस्तान र उज्वेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन्। लगातार दुई जितपछि काजकिस्तान र उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका टोली हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *