वेस्ट इन्डिजका डेभन थोमसमाथि आईसीसीले लगायो प्रतिबन्ध
काठमाडौं । आईसीसीले वेस्ट इन्डिजका क्रिकेटर डेभोन थोमसलाई भ्रष्टाचारको मुद्दामा अस्थायी रूपमा निलम्बन गरेको छ ।
उनलाई श्रीलंका क्रिकेट (एसएलसी), एमिरेट्स क्रिकेट बोर्ड (ईसीबी), क्यारेबियन प्रिमियर लिग (सीपीएल) को तर्फबाट भ्रष्टाचार विरोधी कानून अन्तर्गत आरोप लगाइएको छ।
उनीमाथि श्रीलंका प्रिमियर लिग २०२१ को खेल फिक्स गर्ने र खेलको नतिजा प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ ।
उनीमाथि जम्मा सातवटा मुद्दा चलाइएको छ । यसमा लंका प्रिमियर लिग २०२१, अबु धाबी टी १० लिग २०२१, सीपीएल २०२१ सम्बन्धी प्रश्नको सन्तोषजनक उत्तर नदिएकोमा यी आरोप लगाइएको छ।
डेभन थोमस एन्टिगुवाका ३३ वर्षका क्रिकेटर हुन्। उनले २००८ को अन्डर-१९ विश्वकपमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए।
उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल सन् २००९ मा एकदिवसीयमा खेलेका थिए। त्यसपछि क्रिकेट बोर्डसँगको सम्झौता विवादका कारण वेस्ट इन्डिजका सिनियर खेलाडी बंगलादेश सिरिज खेल्न गएका थिएनन् ।
डेभन थोमसले वेस्ट इन्डिजका लागि अहिलेसम्म एउटा टेस्ट, २१ एकदिवसीय र १२ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment