फ्रान्समा छोटो दूरीको उडानमा प्रतिबन्ध, यस्तो छ कारण

डिसी नेपाल
१० जेठ २०८० १४:५७
544
Shares

काठमाडौं । फ्रान्सले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले छोटो दूरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ ।

दुई वर्षअघि फ्रान्सेली सांसदहरूले यससँग सम्बन्धित प्रस्तावमा मतदान गरेका थिए। रेलबाट पनि दुई–साढे घण्टामा यात्रा पूरा गर्न सकिने ठाउँमा हवाई सेवा बन्द गर्नुपर्ने व्यवस्था सो प्रस्तावमा थियो ।

तर, यो प्रतिबन्धले कनेक्टिङ उडानमा कुनै असर गर्ने छैन । तर आलोचकहरूले यसलाई ‘प्रतीकात्मक रोक’ मात्र भनेका छन्।

“यी उडानहरू प्रतिबन्धको प्रभाव कार्बन उत्सर्जनमा धेरै कम हुनेछ,” युरोपका लागि एयरलाइन्सका उद्योग समूह प्रमुख लरेन्ट डोन्सियलले एएफपी समाचार एजेन्सीलाई भने।

उनले सरकारले ‘वास्तविक र आवश्यक समाधान’मा ध्यान दिनुपर्ने बताए ।

विश्वभरका वायुसेवा कम्पनीहरु कोरोना भाइरसको महामारीबाट प्रभावित भएका छन् । प्लाइटराडार २४ नामक वेबसाइटका अनुसार सन् २०१९ को तुलनामा गत वर्ष उडान संख्या ४२ प्रतिशतले घटेको छ ।

फ्रान्स सरकारलाई कडा नियमहरू लागू गर्न लगातार माग गरिएको थियो।

यसै सन्दर्भमा राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१९ मा ‘फ्रान्सेली नागरिक सम्मेलन ऑन क्लाइमेट’ गठन गरेका थिए। सम्बन्धित १५० सदस्यले चार घण्टाभित्र रेलबाट पुग्न सकिने ठाउँमा उडान रोक्न सुझाव दिए ।

तर केही क्षेत्र र वायुसेवा कम्पनीको आपत्तिपछि यसलाई घटाएर साढे दुई घण्टामा पुर्याइयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *