मध्य जापानमा छुरा प्रहार र गोली चल्दा तीन जनाको मृत्यु

डिसी नेपाल
१२ जेठ २०८० ६:१४

टाेकियाे। जापानको मध्य प्रान्त नागानोमा शिकार हतियारधारी एक व्यक्तिले छुरा प्रहार गरी गोली चलाउँदा बिहीबार एक महिला र दुई प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उत्तरी नागानो प्रिफेक्चरको नाकानोमा एक व्यक्तिले एक महिलालाई छुरा प्रहार गरेको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूलाई गोली हानिएको क्योडो न्युजले जनाएको छ। संदिग्ध पुरुष घटनास्थलबाट भागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *