राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय सहमति हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखिएका समस्या समाधानका लागि दलहरुबीच एकताको खाँचो रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्या समाधानका लागि राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् । देशमा गम्भीर समस्या पैदा हुँदा राजनीतिक दलहरु नै सहमति सहकार्य र एकताको माध्यमबाट त्यसको सामना गरेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले पहिलो गठबन्धनबाट दोश्रो गठबन्धनसम्म आइपुग्दा केहि तितामिठा कुरा भएपनि अहिले दलहरुबीच साझा समझदारी आवश्यक रहेको जिकिर गरे ।
उनले पहिलाको सरकार र अहिलेको सरकारले ल्याएको नीति कार्यक्रममा कुनै फरक नभएको र यो एक हदसम्म कर्मकाण्डी नै रहेको बताए । यद्दपी यसपटकको कार्यक्रममा केहि नयाँ मौलिकपन समावेश गर्न खोजिएको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा अपराधी नछुट्ने र निर्दोष नफस्ने गरि अनुसन्धान गर्न निर्देशन दिएको र अव अदालतले गर्ने फैसला स्वीकार्य हुने बताए ।
उनले सम्पती शुद्धिकरण, राजस्व लगाएत बेतिथी रहेका क्षेत्रलाई क्रमश सुधार गर्दै लाने र यसका लागि सदनको साथ आवश्यक रहेको बताए । उनले आफ्नो तेश्रो कार्यकाल अन्तिम हुन सक्ने भन्दै यसलाई चूनौतिपूर्ण र अवसरपूर्ण ठानेको उल्लेख गरे ।







डिसी नेपाल








Facebook Comment