घानामा डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता

डिसी नेपाल
१४ जेठ २०८० ११:५७
192
Shares

आक्रा। घानाको सभाना क्षेत्रमा डुंगा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन्।

राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुंगा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।

रूखमा ठोक्किएपछि डुंगा डुबेको बएडम्सले बताएका छन्। घटनास्थलबाट पाँचवटा शव निकालिएको छ।
उक्त डुंगाका यात्रुको निश्चित संख्या पुष्टि हुन बाँकी छ।

खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य अझै जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *