कीर्तिमान आरोही हरि बुढामगरलाई एमालेको सम्मान

डिसी नेपाल
१४ जेठ २०८० १४:३४
156
Shares

काठमाडौं। नेकपा एमालेले दुई खुट्टा गुमाएर सगरमाथाको कीर्तिमानी आरोहण गरेका हरि बुढामगरलाई सम्मान गरेको छ।

आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बीच एमाले अध्यक्ष केपी शर्मा ओली लगाएतका नेताहरुले बुढामगरलाई सम्मान गरेका हुन्।

बुढामगरले यही २०८० जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरो पाइला टेकेका थिए। उनले सगरमाथा आरोहरणमा घुँडाभन्दा मुनी अंग बिच्छेद भएका व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गरेका छन्।

बुढामगरलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गर्नु सवैको प्रेरणाको स्रोत भएको बताए। मानिसले साहस र संल्कप गर्यो भने असम्भव बिषय पनि सम्भव हुने उनले बताए।

उनले सरोकार नै स्थानमा गएर काम गर्नुपर्ने र खुट्टा गुमाउनुपर्ने अवस्था रहेको भन्दै विदेशको सैनिकमा भर्ना भएका नेपालीहरुका बिषयमा सरकारले गम्भीरताका साथ वार्ता गर्नुपर्ने बताए।

त्यस्तै कीर्तिमानी आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुलाई दयामाया भन्दा पनि अवसर दिनुपर्ने बताए। उनले सगरमाथा आरोहणसँगै नेपाल र नेपालीको शीर सगरमाथा जस्तै उच्च राख्न सकेको अनुभव भएको बताए। अपांगता जागरणका लागि आगामी दिनमा काम गर्ने उनको भनाइ छ।

बुढामगरले बाध्यताका कारण १५ बर्ष व्रिटिसको जागिर खानुपरेको भन्दै अव देशको सेवा गर्ने बताउनुभयो । रोल्पा घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा गुमाउनुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *