बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ
काठमाडौँ। रास्वपाकी बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन्।
सिंहदरबारस्थित कानुन समितिको हलमा सभामुख देवराज घिमिरेसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। सभामुख घिमिरेले शपथ ग्रहणपछि उनलाई संघीय संसदको लोगो प्रदान गरेका थिए।
व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न आफूलाई दुई करोड रुपैयाँ चाहिएको भन्दै मागेको फोन संवादको अडियो सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यबाट हटाएर रास्वपाले कंसाकारलाई सांसद बनाएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment