प्रहरी कर्मचारीले प्रयोग गर्ने बाइककाे पछाडि बस्ने व्यक्तिले अनिवार्य हेल्मेट लगाउनुपर्ने

डिसी नेपाल
१६ जेठ २०८० १२:२८
1.7k
Shares

काठमाडौं। नेपाल प्ररहीका कर्मचारीले प्रयोग गर्ने दुईपांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने नियम लागू भएको छ।

जेठ १ गतेदेखि नेपाल प्रहरीका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपमा हेल्मेट लगाउनु पर्ने व्यवस्था लागू भएका हो।

भौतिक पूर्वधार तथा यातायात मन्त्रालय, राष्ट्रिय सडक सुरक्षा परिषदको वैशाख १७ गतेको निर्णय अनुसार नेपालमा दिन प्रतिदिन सवारी दुर्घटना बढिरहेको भन्दै जेठ एक गतेदेखि नेपाल प्रहरीका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारी साधनको पछाडि बस्ने व्यक्तिले अनिवार्य रुपम हेल्मेट प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

अघिल्लो वर्ष चैत मसान्तसम्म मात्रै सडक दुर्घटनाबाट नेपाल प्रहरी कर्मचारीतर्फ १६ जनाको मृत्यु र दुई सय जना घाइते भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *