मस्को जाने हवाई यानमाथि गोली हानाहान
मस्को । मस्को जाँदै गरेका थुप्रै मानवरहित हवाई यानहरूमा मङ्गलबार बिहानै रुसको राजधानी नजिकै गोली हानाहान भएको छ ।
मस्कोका गभर्नर एन्ड्री वोरोबियोभलाई उद्धृत गर्दै तासले जनाएको छ, ‘आज बिहान मस्को क्षेत्रका केही जिल्लाका बासिन्दाहरूले विस्फोटको आवाज सुने जुन हाम्रो हवाई सुरक्षा सञ्चालनमा थियो। मस्को जाने बाटोमा थुप्रै ड्रोनहरू खसालिएका थिए।’ वोरोब्योभले मस्को क्षेत्रका बासिन्दाहरूलाई संयमित रहन आग्रह गर्दै सबै आपतकालीन एकाइहरू सञ्चालनमा रहेको र घटनाको थप विवरण सार्वजनिक गरिने जानकारी दिनु भएको छ ।
यसैबीच मस्कोका मेयर सर्गेई सोब्यानिनले ड्रोन आक्रमणपछि दुई व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिएको बताएका छन् । यद्यपि ड्रोन आक्रमणपछि कसैलाई पनि गम्भीर चोटपटक लागेको र अस्पताल पुर्याइएको भने छैन । उनले घटनास्थलमा आपतकालीन सेवा र एम्बुलेन्सका केही टोली भने खटाइएको बताए।
यसैगरी आफ्नो टेलिग्राम च्यानल पोस्टमा मस्कोका मेयरले नगरपालिका चिकित्सा सेवाहरूबाट प्राप्त जानकारी अनुसार मानवरहित हवाईयानद्वारा क्षतिग्रस्त भवनहरूका बासिन्दाहरू मध्ये कुनै पनि गम्भीर घाइते भएको उल्लेख गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment