मस्कोमा खस्यो दोस्रो पटक ड्रोन, धेरै भवनहरु क्षतिग्रस्त
मस्को। रुसको राजधानीमा दोस्रो पटक ड्रोन खसेको छ। सामाजिक सञ्जालमा भाईरल भईरहेको भिडियो फुटेज अनुसार मस्कोको दक्षिण पश्चिम सहरमामा ड्रोन उडिरहेको देखिन्छ।
बीबीसीका अनुसार हवाई सुरक्षा निकायले ड्रोन खसालेपछि रुसको राजधानी सहर मस्कोमा धेरै भवनमा क्षति पुगेको छ । मे महिनाको सुरुमा क्रेमलिनमा कथित हमलापछि मस्कोमा यो दोस्रो ड्रोन घटना हो।
युक्रेनको राजधानी कीभमा रुसी आक्रमण सुरु भए पछि मस्कोमा आक्रमण सुरु हुन थालेको हो। यसअघिको आक्रामणमा एक व्यक्तिको मृत्यु भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment