लेबनानबाट अपहरण गरिएका साउदी नागरिकको सेनाले उद्धार गर्‍यो

डिसी नेपाल
१७ जेठ २०८० १३:२२

काठमाडौं । लेबनानमा अपहरण गरिएका एक साउदी नागरिकको स्थानीय सुरक्षा बलले उद्धार गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार यो व्यक्तिलाई गत हप्ता फिरौतीका लागि अपहरण गरिएको थियो।

लेबनानी सेनाले आफ्नो विज्ञप्तिमा मुशारी अल-मुतैरी नामका व्यक्तिलाई ‘विशेष अपरेशन’ पछि रिहा गरिएको जनाएको छ।

उनलाई लेबनान–सिरिया सीमामा बन्धक बनाएको सेनाले जनाएको छ । हाल यस अपरेशनको बारेमा थप जानकारी बाहिर आएको छैन।

तर, लेबनानका स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई उत्तर–पूर्वको हर्मेल जिल्लाबाट मुक्त गरिएको छ ।

एपी रिपोर्टका अनुसार अल-मुतैरीलाई शनिबार राति बेरुतबाट अपहरण गरिएको थियो। साउदीको सरकारी च्यानल अल अखबरियाले अपहरणकारीहरूले मुतैरीको रिहाइका लागि ४० लाख डलर फिरौती मागेको बताएको छ। मुतैरी साउदी एयरलाइन्समा काम गर्छन् ।

यो विज्ञप्तिपछि लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले एक विज्ञप्ति जारी गर्दै आफ्नो सरकार विदेशी नागरिकको सुरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । उनले सफल कार्यका लागि नेपाली सेनालाई बधाई समेत दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *