कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा

डिसी नेपाल
१७ जेठ २०८० १३:४१
364
Shares

विराटनगर। जनता समाजवादी पार्टी कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।

सुनसरीको इटहरीमा बुधबार बसेको जसपा प्रदेश समिति बैठकले कोशी प्रदेशबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो।

प्रदेशको कोशी नामांकनको विषयलाई लिएर आन्दोलन भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो।

कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला सुब्बा स्वास्थ्यमन्त्री छिन्। उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय बैठकले गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *