मे महिनामा श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर २५.२ प्रतिशतमा सिमित
कोलम्बो । श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।
कोलम्बो उपभोक्ता मूल्य सूचकाङ्क (सीसीपीआई) ले श्रीलङ्काको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५.२ प्रतिशत कायम भएको सङ्केत गरेको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले बुधबार जनाएको छ ।
मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय सङ्कटबाट नराम्ररी प्रभावित सङ्कटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ । श्रीलङ्काले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय सङ्कटका कारण देशमा आर्थिक तथा राजनीतिक देखिएको थियो ।
खाद्य मुद्रास्फीति अप्रिलमा ३०.६ प्रतिशत रहेकोमा मे मा २१.५ प्रतिशत कायम भएको छ । श्रीलङ्काको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरिएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment