राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता हुँदैनः गृहमन्त्री श्रेष्ठ

डिसी नेपाल
१७ जेठ २०८० २१:५८

काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले सरकारले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नगर्ने बताएका हुन्। “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा सरकार दृढ रहेको छ”, उनले भने।

गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको स्पष्ट पारे।

राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको थियो ।

सङ्गठनले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा आपाराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *