अष्ट्रेलियामा फेला पर्यो विश्वको सबैभन्दा पुरानो हड्डी, १० करोड ७० लाख पुरानो भएको पुष्टी
सिडनी। अष्ट्रेलियामा फेला परेको टेरोसरको हड्डी विश्वको सबैभन्दा पुरानो उड्ने सरीसृपको भएको खुलासा भएको छ।
बुधबार प्रकाशित एक अध्ययन अनुसार साे हड्डी सबैभन्दा पुरानो उड्ने सरीसृप टेरोसरकाे भएको खुलेको हो। जुन सरिसृप अस्ट्रेलियाको आकाशमा १ सय ७० मिलियन वर्ष पहिले उडन गरेकाे थियो।
अष्ट्रेलियाको भिक्टोरिया राज्यवाट डायनासोर कोभबाट निकालिएका प्राग ऐतिहासिक हड्डीका दुई टुक्राहरूकाे परीक्षण गरे पछि पेलेओन्टोलोजिस्टहरूले यस्तो निष्कर्षमा पुगेका हुन्।
बुधवार हिस्ट्री बायोलोजी नामक विज्ञान जर्नलमा प्रकाशित अध्ययन अनुसार उक्त नमूनाहरू देशबाट बरामद गरिएको टेरोसरको सबैभन्दा पुरानो अवशेष भएको देखियो। यो विशाल प्राणी उडानको क्षमता विकसित गर्ने पहिलो कशेरुका जाती थियो र १७० मिलियन वर्ष पहिला सुरु भएको मेसोजोइक युगमा डायनासोरसँगै बस्ने गरेकाे थियाे।
मेलबर्नको पर्थस्थित कर्टिन विश्वविद्यालय र म्युजियम भिक्टोरियाका विज्ञहरूले अष्ट्रेलियामा फेला परेको किशोर टेरोसरको पखेटाका दुई हड्डीको जाँच गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment