टाइटनिककाे भग्नावशेषमा फेला परेकाे नेकलेस २ करोड ३० लाख वर्ष पुरानो मेगालोडाेनकाे
लन्डन। टाइटानिक भग्नावशेषको डिजिटल स्क्यान गर्दा मेगालोडोनको दाँतको हार फेला परेको छ। एक सय वर्ष अगाडी डुबेको जहाजको डिजिटल स्क्यान गर्दा टाइटानिकको भग्नावशेषमा मेगालोडोन भनिने प्रागैतिहासिक शार्कको दाँतको हार फेला परेको हो।
गहिरो पानीमा अनुसन्धान गर्ने कम्पनी म्यागेलनका अनुसार १०० बर्ष अघि डुबेको टाइटानिकको भग्नाबशेषमा २३ मिलियन वर्ष पुरानो मेगालोडनको हार समुन्द्रको फेदमा फेला परेको हो।
टाइटनिकको भग्नावशेषको स्क्यान गर्ने बैज्ञानिकहरुले मेगालोडोनको दाँत भएको सुनको हार दुनियालाई देखाएका छन्। जसलाई वैज्ञानिक नाम ओटोडस मेगालोडन भनेर चिनिन्छ, जुन प्रागैतिहासिक शार्क २ करोड ३० लाख वर्ष पहिले पृथ्वीको अस्तिवमा थियो।
प्राग ऐतिहासिक मेगालोडनहरू आजको जीवित कुनै पनि शार्कभन्दा १० औं गुना ठुलो थियो र त्यसले अहिलेका ५ वटा सार्कहरुलाई एकैपटक खान सक्दथ्यो।
टाइटानिकको पूर्ण आकारको डिजिटल स्क्यान गर्ने परियोजनाको क्रममा म्यागेलनले सो नेकलेस पत्ता लगाएको हो, जुन कम्पनीले इतिहासकै सबैभन्दा ठूलो पानी मुनिको स्क्यानिङ परियोजना भएको बताएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment