मुम्बई आक्रमणकारीका प्रशिक्षक अब्दुल सलाम भुटावीको मृत्यु, पाकिस्तानको जेलमा गाडियो

डिसी नेपाल
१८ जेठ २०८० १३:४२

काठमाडौं । सन् २००८ मा मुम्बईमा आक्रमण गर्नेहरूका प्रशिक्षक हाफिज अब्दुल सलाम भुटावीको मृत्यु भएको छ । उनी पाकिस्तानको पञ्जाब प्रान्तको जेलमा थुनिएका थिए ।

भुटावीको नाम संयुक्त राष्ट्रसंघको आतंकवादी सूचीमा पनि परेको छ । आतंकवादीलाई आर्थिक सहयोग गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो ।

भुटावीले पञ्जाबको मुरिदकेमा लश्कर-ए-तैयबाको मुख्यालय स्थापना गरे। उनी मुम्बई हमलाका मास्टरमाइन्ड र जमात-उद-दावाका प्रमुख हाफिज सइदको दाहिने हात भएको बताइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार जमात-उद-दावाले ७७ वर्षीय भुटावीलाई लाहोरबाट ६० किलोमिटर टाढा शेखुपुरा जिल्ला जेलमा गाडिएको बताएको छ । उनी सन् २०१९ देखि आतंकवादलाई आर्थिक सहयोग मुद्दामा थुनिएका थिए ।

गत मे २९ मा छाती दुखेको गुनासो गरेपछि उनलाई अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जमात-उद-दावा लश्कर-ए-तैयबाको एक अग्रणी संगठन हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *