आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड

डिसी नेपाल
१९ जेठ २०८० ९:२७
5.0k
Shares

लाहौंर। आफूलाई पैगम्बर घोषणा गर्ने एक ब्यक्तिलाई पाकिस्तानमा मृत्युदण्ड दिईएको छ। आफुलाई पैगम्बर दावी गर्दै अरुलाई धार्मिक गाली गर्दै आएका इरफानलाई पाकिस्तानी अदालतले मृत्युदण्डको सजाय दिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको आतंकवाद विरोधी अदालतले उनलाई धर्म गाली गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको हो।

गुलिबाग निवासी इरफानले ६ वर्षअघि होती थाना क्षेत्रको मस्जिदको लाउड स्पीकरबाट आफूलाई पैगम्बर घोषणा गरेका थिए। त्यसपछि मस्जिदमा उपस्थित तबलिगी जमातका मानिसहरूले उनलाई समातेका थिए।

आफुलाई पैगम्बर घोषणा गरेर मुस्लिम समुदाय र इस्लाम धर्म माथि चुनौती दिएको भन्दै उनलाई पक्राउ गरेर प्रहरीसमक्ष बुझाईएको थियो। तत्कालै, इरफानलाई चार लाख रुपैयाँ जरिवाना पनि लगाइएको थियो।

तर, पाकिस्तानी आतंकवाद सम्बन्धि अदालतले उनलाई धार्मिक उत्तेजना गरेको तथा इस्लाम धर्ममाथि धावा बोलेर सिंगो मुसलमान समुदायको अपमान गरेको अभियोगमा हालै मृत्युदण्ड दिईएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *