इंदौरमा प्रधानमन्त्री दाहाललाई स्वागत गर्न ‘रेड कार्पेट’ राखियो
नयाँ दिल्ली। भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार इंदौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ।
विशेष विमानमार्फत प्रधानमन्त्री इंदौर प्रस्थान गरिसकेका छन्। इंदौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने साजसज्जा गरिएको छ।
महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन्। सो क्रममा मध्य प्रदेशका राज्यपाल मंगुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment