चिनियाँ विदेशमन्त्रीद्वारा ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त

डिसी नेपाल
२१ जेठ २०८० ११:४५
44
Shares

बेइजिङ। चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरलाई शोक सन्देश पठाउनु हुँदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

मन्त्री ग्याङले मृतक र घाइतेका आफन्तजनप्रति सहानुभूतिसमेत व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *