संसद बैठकको कार्यक्रम स्थगन गर्न राप्रपाको प्रस्ताव
काठमाडौं। राप्रपाले प्रतिनिधिसभा बैठकको नियमति कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन। तर, राप्रपाले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमति रुपमा संसद बैठक अघि नबढ्ने भन्दै निधौरित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव पेस गरेका छन्।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment