युवतीको कुण्डली जाँच गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले रोक लगायो
काठमाडौं । भारतको सर्वोच्च अदालतले स्वतः संज्ञान लिँदै युवतीको कुंडली जाँच गर्ने इलाहाबाद उच्च न्यायालयको आदेशमा रोक लगाएको छ।
बीबीसी संवाददाता सुचित्रा मोहन्तीको रिपोर्ट अनुसार सर्वोच्च अदालतको भ्याकेशन बेन्चले शनिबार इलाहाबाद उच्च अदालतको त्यो आदेशमाथि रोक लगाएको छ जुन आदेशमा लखनउको ज्योतिष विभागका प्रमुखलाई बलात्कारको आरोप लगाउने युवती मांगलिक हुन् कि होइनन् भनेर हउऊच गर्न आदेश दिइएको थियो ।
बलात्कारका अभियुक्तले युवती मांगलिक भएको भन्दै बिहे गर्न अस्वीकार गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश सुधांशु धुलिया र न्यायाधिश पंकज मित्तलले बलात्कारको आरोप लगाउने युवतीको अपिलमाथि सुनुवाइ गर्दै शनिबार उच्च अदालतको आदोश रोक लगाउने अन्तरिम आदेश जारी गरेका हुन् ।
अदालतले भन्यो, “इलाहाबाद उच्च अदालतले यहाँ ज्योतिषको क्षेत्रमा कसरी प्रवेश गर्न सक्छ ? ज्योतिष एक विज्ञान हो भन्ने कुरामा कुनै शंका छैन। तर ज्योतिष शास्त्रसँग सम्बन्धित यो जानकारी किन खोजियो भन्ने कुरा हामीले बुझ्न सकेका छैनौँ । तसर्थ, हामी यो आदेशमाथि रोक लगाउँछौं । हामी मेरिटको आधारमा जमानत याचिकामाथि सुनुवाइ गर्न इलाहाबाद उच्च अदालतलाई अपील गर्छौं।
वास्तवमा, सर्वोच्च अदालतले रोक लगाउनु अघि मे २३ मा इलाहाबाद उच्च न्यायालयको यस आदेशलाई स्वतः संज्ञानमा लिएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment