भारतमा ओडिशाको बालासोरमै फेरि अर्को रेल दुर्घटना
काठमाडौं । ओडिशाको बालासोरमा मालगाडी रेल पटरीबाट उत्रिएको खबर फेरि बाहिर आएको छ ।
यो मालगाडी बालासोर जिल्लाको मेंधापाली नजिकै पटरीबाट उत्रिएको भएको थियो। ट्रेनमा निजी सिमेन्ट कम्पनीको सामान भरिएको थियो ।
पूर्वी तटीय रेलवेका अनुसार यो दुर्घटना न्यारो गेज ट्र्याकमा भएको हो । इन्जिनसँगै ट्र्याक मर्मत गर्ने काम निजी सिमेन्ट कम्पनीले गर्छ । यसमा भारतीय रेलवेको कुनै भूमिका छैन।
बालासोरमा शुक्रबार नै एउटा भयानक रेल दुर्घटना भएको थियो, जसमा २७५ जनाको ज्यान गएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment