युक्रेनमा बाँध भत्काइनु अहिलेसम्मकै ठूलो आक्रमण : राष्ट्रसंघ
काठमाडौं । युक्रेनको नोभाया काखोभकामा रहेको बाँध भत्काउनु रुसले युक्रेनमा आक्रमण गरेयता कुनै पनि नागरिक पूर्वाधारमा भएको सबैभन्दा ठूलो आक्रमण भएको राष्ट्रसंघका मानवअधिकार प्रमुखले बताएका छन् ।
न्युयोर्कमा सुरक्षा परिषद्लाई सम्बोधन गर्दै मार्टिन ग्रिफिन्सले यसबाट कत्तिको विनाश भयो भन्ने कुरा केही दिनमै स्पष्ट हुने बताएका छन् ।
बाँधको पानी हालसम्म नीपर नदीका दुवै किनारका ८० सहरमा पुगेको छ । जसका कारण ठूलो मात्रामा भवनहरु डुबानमा परेका छन् भने खेतीयोग्य जमिन नष्ट भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बाँधलाई बारूदले उडाएर ठूलो मात्रामा वातावरण नष्ट गरेको बताएका छन् ।
यसैबीच रुसले युक्रेनले बाँध तोडेको आरोप लगाएको छ । दुवै पक्षको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
काखोभका हाइड्रोइलेक्ट्रिक पावर प्लान्ट युक्रेनको खेरसन प्रान्तको नोभा काखोभका शहरमा अवस्थित छ, जुन हाल रुसी कब्जामा छ।
यो सोभियत अवधिमा निर्माण गरिएको थियो र नीपर नदीमा बनेका छवटा बाँधहरू मध्ये एक हो।
यो यति ठूलो बाँध हो कि यो युक्रेनको उत्तरी भागबाट दक्षिणी क्षेत्रमा फैलिएको छ।
रोयटर्सका अनुसार, यो बाँधमा विश्वको सबैभन्दा ठूलो ताल मध्ये एक, अमेरिकाको ग्रेट साल्ट लेक जत्तिकै पानी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment