सडक दुर्घटनामा चौविस यात्रीको मृत्यु
अफगानिस्तान। अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा २४ जनाको मृत्यु भएको छ। एउटा मिनीबस खाल्डोमा खस्दा २४ यात्रुको मृत्यु हुनुका साथै अन्य घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नाजारीले बिहीबार जानकारी दिएका हुन्।
चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए। दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलालाई नजिकैको स्वास्थ्य केन्द्र पुर्याइएको छ।
युद्धग्रस्त अफगानिस्तानमा बुधबार भइको यो दोस्रो सडक दुर्घटना हो। यसअघि बुधबार बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका थिए। भीडभाड भएका सडकहरूमा लापरवाहीपूर्ण ढंगले सवारी चलाउँदा अफगानिस्तानमा प्रायः घातक दुर्घटना हुने गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment