मेवाको बीउले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई पगाल्छ
काठमाडौं। आजको जीवनशैलीसँगै आफूलाई फिट राख्नु पनि एउटा महत्वपूर्ण काम बनेको छ । देशमा उच्च कोलेस्ट्रोलबाट पीडित व्यक्तिको संख्या तीव्र गतिमा बढिरहेको छ। जसका धेरै कारणहरू छन्। शरीरको नसामा उच्च कोलेस्ट्रोल हुनुको मुख्य कारण संतृप्त आहार, धुम्रपान, व्यायाम लगायतका कारणले बढ्ने गर्दछ।
उच्च कोलेस्ट्रोललाई समयमै कम गर्न सकिएन भने हृदयघात हुने सम्भावना रहन्छ । हाम्रो घर बजारमा सजिलै पाइने मेवा खराब कोलेस्ट्रोल निकै लाभदायक हुने गर्दछ। मेवामा पेक्टिन नामक फाइबरले एलडीएल खराब कोलेस्ट्रोलको स्तर कम गर्न मद्दत गर्छ।
नसामा जमेको फोहोर कोलेस्टेरोललाई पगाउँन मेवाको दाना फाइदाजनक साबित हुने गर्दछ। मेवाको दानामा धेरै फाइदाहरू छन्। जसमध्ये एउटा यो हो कि यसले उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न सक्छ।
मेवाको बीउमा ओलिक एसिड जस्तै मोनोअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त हुन्छ। यी फ्याटी एसिडहरूले खराब कोलेस्ट्रोल घटाएर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ। यसका साथै मेवाको दानामा फाइबर पनि प्रशस्त हुन्छ । फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।
यस्तो अवस्थामा, यदि तपाई उच्च कोलेस्ट्रोलको समस्यासँग लड्दै हुनुहुन्छ भने, मेवाको दानाको सेवन सुरु गर्नुहोस्, यसले तपाईको शरीरमा कोलेस्ट्रोलको स्तरलाई ठीक राख्न मद्दत गर्नेछ।
१०० ग्राम सुकेको मेवाको दानामा करिब ५५८ क्यालोरी ऊर्जा हुन्छ। यसका साथै यी बीउहरूमा प्रोटिन, फ्याट र फाइबर प्रशस्त मात्रामा पाइन्छ। मेवाको बीउमा आइरन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, जिंक आदि भिटामिन र खनिजहरू पाइन्छ। मेवाको बीउमा ओलिक एसिड जस्तै मोनोअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्त हुन्छ। तिनीहरूमा पोलिफेनोल र फ्लेभोनोइडहरू पनि हुन्छ। जुन शक्तिशाली एन्टिअक्सिडेन्टहरू हुन्।
मानिसहरु मेवा खान्छन् तर त्यस भित्रको दानालाई फोहोरमा फालिदिन्छ । हामी तपाईलाई बताउछौं कि मेवाको दानामा पनि मेवाको जत्तिकै धेरै फाइदाहरू हुने गर्दछ। ५ वटा मेवाका दाना खाँदा मधुमेह, कोलेस्ट्रोल, संक्रमण जस्ता ५ वटा गम्भीर रोग निको हुन्छ ।
आयुर्वेद विज्ञ चिकित्सकहरुका अनुसार दिनमा १ ग्राम वा ५ वटाभन्दा बढी मेवाको दाना खानु हुँदैन । तपाईं मेवाको बीउ काँचो निल्न सक्नुहुन्छ। यस बाहेक धेरै ठाउँमा मेवाको दानाको धुलो बनाएर पनि खान सल्लाह दिइन्छ। तर पहिले डाक्टरसँग कुरा गर्न आवश्यक हुन्छ।







डिसी नेपाल








Facebook Comment