आजको विदेशी मुद्राको विनिमय दर, बेलायती पाउण्ड १६७ रूपैयाँ
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको छ। हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ७९ पैसा रहेको थियो।
डलरको खरिद दर १ रूपैयाँ ४९ पैसा र बिक्रीदरमा ३९ पैसाले डलरको भाउ बढेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २९ पैसा र बिक्री दर १४३ रूपैयाँ ६९ पैसा रहेको थियो।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ।
यसैगरी, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ५७ पैसा र बिक्री दर १६८ रूपैयाँ ४३ पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर १० रूपैयाँ २५ पैसा रहेको छ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेकाे जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४० रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०३ पैसा तोकिदिएको छ।







डिसी नेपाल







Facebook Comment