थ्रीस्टार हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौँ। थ्रीस्टार हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आज (मंगलबार, असार ५ गते)देखि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले कुल १२ लाख ३१ हजार २५० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। त्यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता र सर्वसाधारणका लागि ७ लाख ३८ हजार ७५० कित्ताको १० प्रतिशतले हुन आउने ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकिएको छ।
बाँकी रहेको ६ लाख ६४ हजार ८७५ कित्तामा कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएरको छ। बाँकी रहेको ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यस आईपीओमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले असार ८ गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा असार १९ गतेसम्म आवेदन दिन पाउने छन्।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।







डिसी नेपाल







Facebook Comment