सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुन घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment