२६.५६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक २६.५६ अंकले घटेर २०६४.८३ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३६ अंकले घटेर ३८८.०२ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रिम स्थानमा छ। यसको आज २० करोड ५७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा सिटी होटल र बिपीडब्लु लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक नेपाल लघुवित्त र सानिमा इक्युती फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment