हिजो घटेको सुनको मूल्य आज फेरी घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। नेपाली बजारमा सुन घटेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment