पैसा पाउने सहमतिपछि कृषि बिमालेख बिक्री पुनः सुरु
काठमाडौँ। बिमा कम्पनीहरुले कृषि बिमालेख बिक्री पुनः सुरु गरेका छन्।
सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए। अहिले सरकारले बक्यौता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन्।
२०७७ सालदेखि कृषि बिमाको अनुदानबापत सरकारले दिनुपर्ने करिब ३ अर्ब बाँकी रहेपछि बिमा कम्पनीहरुले जेठ ७ गतेदेखि कृषि सम्बन्धी बिमालेख जारी गर्न बन्द गरेका थिए। कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको अध्यक्षतामा मन्त्रालयका दुवै सचिवहरुको संयूक्त सहभागितामा बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता जनाएको र कृषि बिमा लेख जारी गर्न आग्रह गरेको नेपाल बिमक संघले जनाएको छ।
सो आग्रहपछि असार मसान्तसम्मको लागि बिमालेख असार मसान्तसम्म जारी गर्ने निर्णय गरेको संघले विज्ञप्तिमार्फत जनाएको हो। असार मसान्तसम्म अनुदान रकम प्राप्त नभएमा पुनः बिमालेख बन्द गरिने संघले चेतावनी दिएको छ।







डिसी नेपाल







Facebook Comment