हिमालयन लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड २ लाख ३ हजार ८३६.०२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। साबिक युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर भई ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नाममा उक्त सेयर नेप्सेमा सूचिकृत भएको हो।
यसका साथै मर्जरका लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको पनि नेप्सेले जनाएको छ। अव यस कम्पनीका सेयरधनीहरुले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट सेयर कारोबार गर्न पाउने भएका छ।
नेप्सेले मर्जरपछि बनेको कम्पनीको सेयर कारोबारको लागि ओपनिंग रेञ्ज पनि निर्धारण गरेको छ। कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ३ सय ४६ रुपैयाँ ३५२ पैसा ओपनिङ रेन्ज तोकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment