हकप्रद सेयर प्रस्ताव पारित गर्न रिडी पावरले बोलायो विशेष साधारण सभा

डिसी नेपाल
७ असार २०८० १०:३९
48
Shares

काठमाडौँ। रिडी पावरको शुक्रबार विशेष साधारण सभा बस्ने भएको छ।  सभामा ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै ।

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ। कम्पनीले यसअघिनै ५० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यसले सोही पुँजीमा ५० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो। हकप्रद सेयर निष्कासनपछि यसको चुक्ता पुँजी २ अर्ब ३१ रुपैयाँ पुग्नेछ। सभा प्रयोजनका लागि यसले जेठ ३२ गते बुकक्लोज गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *