जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु
काठमाडौं। जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रयी कार्यालय बालकुमारीमा सुरु भएको छ ।
यही असार ९ गतेदेखि सुरु हुन लागेको केन्द्रीय समिति र असार १० गतेदेखि सुरु हुने विधान अधिवेशनका बारेमा छलफल गर्न आज कार्यकारिणी समितिको बैठक बसेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिइन्छ । सो रायअनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment