आज नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उदघाटन हुँदै

डिसी नेपाल
८ असार २०८० ६:४१
92
Shares

पोखरा। आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदैछ।

दक्षीण एसिया मै पहिलो पटक पोखराको फेवातालमा आज उद्घाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ। सो फेस्टिबल शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्न लागेको हो।

पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एअरलाइन्सको बिमानवाट पोखरा आएका चिनियाँ खेलाडीहरुले आफनो कौशलता प्रदर्शन गर्नेछन्। सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधबार नेपाल आइसकेकाे छ।

आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ। पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गईरहेको उक्त फेस्टिबलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रुपमा रहेका छन्।

प्रतियोगितामा पहिलो हुने टोलीले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *