त्रिविका उपप्राध्यापक चलाउनेले तोडे अनशन
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन तोडेका छन्।
सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चलाउनेले शुक्रबार किर्तिपुरस्थीत विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै अनशन तोडेका हुन्।
आफुमाथि आक्रमण गर्ने विरुद्धको मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए। अनसन तोड्दै चलाउनेले न्यायको आंशिक जित भएको अनुभूती भएको बताए।
उनले न्याय पाउने प्रक्रियालाई अवरुद्ध गरेमा प्रतिकार गर्न फेरी सडकमा आउने बताए।
जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो। मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए। २०७७ असोजमा नेविसंघका नेता कार्यकताले आक्रमण गरेको भन्दै चलाउनेले मुद्दा दर्ता गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment