ओमान ९८ रनमा अलआउट

डिसी नेपाल
८ असार २०८० १७:१९
1.8k
Shares

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अन्तर्गतको आजको खेलमा ओमान ९८ रनमा अलआउट भएको छ ।

जिम्बावेको बुलवायो क्रिकेट मैदानमा भएको श्रीलंकाविरुद्धको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रन बनाए । ओमानका लागि जतिन्दर सिंहले २१ तथा फयाज बटले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।

९९ रनको समान्य लक्ष्य श्रीलङ्काले १५ ओभरमै पुरा गर्‍यो । श्रीलङ्काका दिमुथ करुणरत्नेले ६१ रनको अर्धसतकीय पारी खेले भने पाथुम निसंकाले ३७ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.