भक्तपुरमा ६ महिनामा मानव अधिकार हननका १२० घटना सार्वजनिक 

डिसी नेपाल
१० असार २०८० ७:१४
48
Shares

भक्तपुर। भक्तपुर जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका १२० वटा घटना घटेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला समन्वय समिति भक्तपुरको सभाहलमा आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२३ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।

इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले घट्नाको तथ्यांक सार्वजनिक गर्दै यस ६ महिनाको अबधीमा एक जनाको हत्या, चार जनाको हत्या प्रयास, २१ जनाको बलात्कार, २ जना बलात्कार प्रयास, बाल यौन दुव्र्यबहारबाट ५ जना र बहुबिवाहबाट २ जना पीडित भएका छन्।

त्यस्तै अभद्र व्यबहारबाट ५१ जना महिला, घरेलु हिंसाबाट ३२ जना महिला,  आत्महत्या दुरुत्सानमा २ जना पीडित भएका छन ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वर थापाले राज्य आफैंले नयाँ प्रकृतिको हिंसा गर्दै गइरहेको र राज्य नै नीतिगत हिंसाको लागेको बताए। उनले इन्सेकले मानव अधिकारको क्षेत्रको अन्वेषणको दायरालाई फराकिलो पार्नुपर्ने बताउँदै भने, “राज्यनै हिंसा गर्दैछ, राज्य प्राकृतिक दोहण गर्दै मानवीय संकट निम्त्याउदै छ, मंहगी बढाएर बाँच्न मुश्किल बनाउदैछ, यस्ता अधिकारका विषयलाई पनि इन्सेकले मानव अधिकार भित्र समेटेर लैजानु पर्छ।”

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मानव अधिकार आयोग गठन नहुँदै इन्सेकले मानव अधिकारका यथाथए बिबरण राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्याउँदै आएको चर्चा गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *