प्रभु बैंकको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। प्रभु बैंकको ६ लाख १ हजार २३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी कमल श्रेष्ठ, राकेशकुमार सरावगी, ग्लोबल आइएमई समुन्नत योजना–१ र सविता दली जोशी रहेका छन्।
संस्थापक सेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता सेयर छन्।
यस सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment