सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१० असार २०८० १०:४४
2.1k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *