दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ। सेयर कारोबार सुरु भएको १ घण्टा नबित्दै दुई कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो।
सेयर सर्किट लाग्नेमा हिमालयन लाइफ इन्स्योरेन्स र सिटी होटलको सेयर भाउमा पोजेटिभ सर्किट लागेको हो। हिमालयन लाइफ इन्स्योरेन्सको सेयर भाउ ३८ रुपैयाँ १० पैसाले बढेर ४ सय १९ रुपैयाँ २० पैसा र सिटी होटलको सेयर भाउ २८ रुपैयाँ ७० पैसाले बढेर ३ सय १६ रुपैयाँ २० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment