डिसी नेपालकर्मी शर्मा सम्मानित
काठमाडौँ। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय समाजसेवी तथा डिसी नेपालकर्मी संगीता शर्मा अवार्डबाट सम्मानित भएकी छन्। शनिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५डिको चौथो क्याबिनेट मिटिङ तथा अवार्ड सेरोमनी कार्यक्रममा शर्मा गभर्नर एप्रीसेसन अवार्डबाट सम्मानित भएकी हुन्। उनलाई उक्त अवार्ड लायन्स डिस्ट्रीक गभर्नर बिष्णु भाइ श्रेष्ठले प्रदान गरेको हो।
शर्मा हाल सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौँ बाग्मती नर्थमा सदस्यको रुपमा कार्यरत छिन्। यस अघि लायन्स क्लब तथा अन्य धेरै संघ संस्थामा अध्यक्ष पदमा रहेर कार्य गर्दै शर्माले विभिन्न बिधामा सम्मान पाएसकेकी छिन्। हाल उनी लायन्स क्लबमा मात्र नभएर मदरकिड्स फाउन्डेसन नेपालको संस्थापक अध्यक्ष समेत रहेकी छन्।
सो सम्मान कार्यक्रममा संगीता शर्मा लगाएत लायन्स क्लब अफ काठमाडौँ बागमती नर्थका प्रेसिडेन्ट रेखा बस्नेत श्रेष्ठ, बिजय कुमार श्रेष्ठ, श्याम कुमार श्रेष्ठ र हरिदास श्रेष्ठ लगाएतका ब्यक्तिहरु सम्मानित भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment