सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघ्यो

डिसी नेपाल
११ असार २०८० २०:५०
92
Shares

काठमाडौं। सरकारको हालसम्मको कूल बेरुजु रु ९ खर्ब ५९ अर्ब ७९ करोड नाघेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा लेखापरीक्षण प्रक्रिया, बेरुजुको अवस्था लगाएतका बिषयमा जानकारी गराउदै उपमहालेखापरीक्षक महेश्वर काफ्लेले सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह र अन्य संस्था गरि ६ हजार बढि निकायको लेखापरीक्षण गर्दा गत आर्थिक वर्षसम्ममा साढे नौ खर्बमाथि बेरुजु देखिएको बताएका हुन्।

कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७ अर्ब ३३ करोड ७४ लाख र कारबाही टुङ्गो लगाउनुपर्ने बेरुजु तीन खर्ब ७२ अर्ब ४५ करोड १३ लाख रहेको उनले बताए।

त्यस्तै गत वर्षको मात्रै बेरुजु हेर्दा संघीइ निकायहरूमध्ये सबैभन्दा धेरै अर्थ मन्त्रालयमा मात्रै ३२ अर्ब ४६ करोड ८८ लाख बराबर बेरुजु देखिएको काफ्लेले बताए। उनले प्रदेशका कार्यालयमा दोहोरोपना, अनुदान रकमको न्यून उपयोगिता, परामर्श सेवामा धेरै खर्च देखिएको जानकारी दिए।

बैठकमा समिति सदस्यहरुले बेरुजु घटाउन आर्थिक बर्षको अन्त्यमा खर्च गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *