५६.९४ अंकले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ४७ करोड माथिको कारोबार

डिसी नेपाल
१२ असार २०८० १५:२४
148
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले बढेर ४१२.५१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७५ कम्पनीको १ करोड ३१ लाख ०७ हजार ८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा स्वबलम्बन लघुवित्त वित्तीय संस्था अग्रिम स्थानमा छ। यसको आज २५ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ३ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा निर्धन उत्थान लघुवित्त र डिप्रोक्स लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिक्लेस हाइड्रोपावर र गरिमा ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *